प्रधानन्यायाधीशको सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले नयाँ प्रधानन्यायधीशका लागि आएको नाममाथि छलफल गर्दै सिफारिस गरिने छ ।
न्याय परिषद्ले प्रधानन्यायधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीको नाम पठाएको छ। यी दुई जना न्यायधिस बारे छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ ।
न्याय परिषद्लेले सिफारिस गरेका मध्ये जोशीलाई यस अघि नै संसदीय समितिले अस्वीकृत गरेका थिए। यसअघि गत शनिबारलाई बोलाएको बैठक स्थगित भएको थियो।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउदै छन् ।































प्रतिक्रिया