सीजी ब्राण्ड्सद्धारा राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

सीजी ब्राण्ड्सद्धारा राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी नाम सीजी ब्राण्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारको लागि एक महत्त्वपूर्ण राष्ट्रव्यापी नि:शुल्क एसी सेवा शिविर घोषणा गरेको छ।

कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रहरूबाट फागुन २० गते देखि सिमित समयको लागि  नि:शुल्क एसी सेवा शिविर सञ्चालन गरेको हाे । जसअन्तर्गत ग्राहकहरुले आफ्ना  कुनै पनि ब्राण्ड्को  एसीको  नि:शुल्क सर्भिसिङ गर्न सक्नेछन्।

ग्राहकहरूले निशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताको लागि  प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन्। यसका अतिरिक्त, स्पेयर पार्ट्समा ५० प्रतिशत सम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्याङ्कन हुनेछ।

कम्पनीका अनुसार सीजीका विज्ञ  प्राविधिकहरूले  सेवा शिविरहरू सञ्चालन गर्नेछन्। उच्च गुणस्तरको सेवा र व्यावसायिकताको सुनिश्चितता गर्दै कम्पनीका कर्मचारीहरूले नयाँ एसीको खरीदमा वा पुराना एसीहरूको साट्नमा ग्राहकलाई सहयोग गर्नेछन्।

कम्पनीद्वारा दिइएको जानकारी अनुसार शिविरमा सहभागीहरूले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशत सम्म छुट, रु. ४,००० को नि:शुल्क जडान र एक्सचेन्जमा रु. ३,००० को दुई निशुल्क सेवा कुपनको फाइदा उठाउन सक्नेछन्।

सीजी ब्राण्ड् उत्कृष्ट बिक्री पछिका सेवाहरू र छिटो प्रतिक्रिया समयको लागि परिचित रहेको छ र यो पहलले ग्राहक सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।

यस अन्तर्गत ग्राहकहरूले कम्पनिको टोल-फ्री नम्बर १६६० ०१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर, वा  [email protected] मा इमेल गरेर दर्ता गर्न सक्नेछन्।

Logo