एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजले ललितपुर पेट्रियट्सलाई एक सय ६७ रनको चुनौती दिएको छ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनाएको हो । पोखराका दुई जना विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी हो ।
जारी लिगमा लेभी र केलीको यो लगातार दोस्रो उत्कृष्ट साझेदारी हो । जसमा लेभीले तीन चौका र नौ छक्का प्रहार गर्दै विस्फोटक ८४ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३४ रन बनाए । बलिङमा पवनले तीन विकेट लिए ।
अहिले ललितपुरले ब्याटिङ् गरिरहेको छ ।































प्रतिक्रिया