केदारनाथ १३ किमि केवलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत, ४० अर्ब बढी भारतीय रुपैयाँमा लाग्ने अुनमान

केदारनाथ १३ किमि केवलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत, ४० अर्ब बढी भारतीय रुपैयाँमा लाग्ने अुनमान

केन्द्रबिन्दु
30
Shares

एजेन्सी। हिन्दुहरुको आस्थाको प्रतिक एवं विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा केवलकार बन्ने भएको छ । भारतीय सरकार उक्त स्थानमा केवलकार बनाउने निर्णय गरेको छ ।

उक्त क्षेत्रमा बन्ने १३ किलोमिटरको केवलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । भारतको प्रेस इन्फरमेसर ब्युरोका अनुसार भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केवलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको हो ।

परियोजनामा ४० अर्ब बढी भारतीय रुपैयाँ लगानी हुने बताइएको छ । उक्त केवलकार सार्वजनिक नीजि साझेदारीमा बन्ने भएको छ । यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो निर्णयबाट केदारनाथ दर्शन गर्न जाने श्रद्धालुलाई सहज हुने र समय तथा पैसाको खर्च पनि कम हुने आशा व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo