नेपालमा आज १ हजार २५५ जनामा कोरोना पुष्टि

नेपालमा आज १ हजार २५५ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ । आज १ हजार २५५ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ । आज मात्र २५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४०४ रहेको छ ।

आजको पिसिआर परीक्षण ८ हजार ८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । आज १७ हजार ९०९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo