दुई डीआईजीहरु शेर बहादुर बस्नेत र सूर्य उपाध्यायको काज सरुवा

दुई डीआईजीहरु शेर बहादुर बस्नेत र सूर्य उपाध्यायको काज सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको काज सरुवा गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी शेर बहादुर बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत सूर्य उपाध्यायलाई प्रहरी महानिरीक्षक मातहत रहेको अन्वेषण योजन तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए ।

विमानस्थलका डीआईजी बस्नेतको सरुवा भएसँगै अब अन्तर्राष्ट्रिय विमास्थलको कमाण्ड प्रहरी बरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले सम्हाल्ने भएका छन् ।

महानगरीय प्रहरी कार्यालय र सोही मातहत रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा समेत डीआईजी भएपछि चेनअफ कमाण्ड मेन्टेन गर्न बस्नेतको सरुवा गरिएको प्रवक्ता सुवेदीको भनाई छ ।

Logo