काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको टाइटल स्पोन्सरका रूपमा एनसेल अनुबन्धित भएको छ । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एनएसएलको टाइटल स्पोन्सरमा एनसेललाई घोषणा गरेको हो ।
नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमिहरुको मनपर्ने खेललाई अझ बलियो बनाउन एनसेलसँगको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
त्यस्तै, यस सहकार्यले देशका उदयीमान खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्यसमेत राखेको छ । सन् २०२१ देखि सुरु भएको एनएसएल अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना हुँदै आएको छ ।
एनसेलसँगको सहकार्यले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउने र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग हुने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताए । उनले भने, ‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं । यो साझेदारीले नेपाली फुटबललाई पुर्याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ ।’

त्यसैगरी एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘नेपाल सुपर लिगसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । हामी फुटबलाई समाजसँग जोड्ने र सकारात्मक परिवर्तन ल्याउनेमा विश्वास गरेका छौं।’
एनले थपे, ‘यो सहकार्यको थिम हो, विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ ।’
एनएसएलको खेल २०२५ मार्च २९ बाट सुरु हुने भएको छ । यस खेलमा बुटवल लुम्बिनी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं एफसी रेजर्स, ललितपु सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित ७ टिमहरुले खेल मैदानमा प्रतिष्पर्धा गर्नेछन् ।
एनसेलले अघिल्लो वर्षदेखि नै नेपाल सुपर लिगसँग सहकार्य गर्दै आएको छ । यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहार्याएको दावी गरेको छ ।





























प्रतिक्रिया