काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।
जसमा पुरुष टोलीतर्फ आगामी महिनाबाट सुरु हुने अन्तर्राष्ट्रिय कार्यक्रममा १२ वटा समावेश छन्। क्यालेण्डरमा श्रीलङ्का र अष्ट्रेलियाको भ्रमण गरिने पनि उल्लेख गरिएको छ । टी–२० विश्वकप छनोटका लागि जुलाईमा श्रीलङ्का र अगस्टमा अष्ट्रेलिया भ्रमण राखिएको हो । नेपालले अष्ट्रेलिया भ्रमणमा उत्तरी क्षेत्रमा विगतको ४–५ वर्षदेखि आयोजना हुँदै आएको टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाल प्रिमियर लिग, जय ट्रफी पुरुष एलिट कप, नेपाल ए टिम सिरिज, पिएम कपजस्ता घरेलु प्रतियोगिता खेल्ने नेपाली पुरुष टोलीले अन्तर्राष्ट्रिय कार्यक्रममा पनि उत्तिकै सहभागीता जनाउनेछ । ती यसप्रकार छन्,
- हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
- विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
- आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
- स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
- टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
- भारतका विभिन्न स्थानमा पकेट क्याम्प
- अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
- टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
- विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
- यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
- हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
- ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)
क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको बताएकाे छ ।
यसैगरी महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी२० सिरिज खेल्ने भएको छ। यसका अलावा टोलीले आगामी सेप्टेम्बर महिनामा मलेसियामा नेपाल र युएईले त्रिदेशीय टी२० सिरिज र अक्टोबरमा श्रीलंकासँगको सिरिजको प्रस्ताव गरिएको छ। श्रीलंकासँगको सिरिज अहिले नै फाइनल भइसकेको छैन।
अगामी डिसेम्बरमा महिला टोलीले नेपालमै पाँच देश सम्मिलित सिरिज खेल्ने भएको छ। जसमा नेपालसहित नामिबिया, युगान्डा, युएई र नेदरल्यान्ड्स रहनेछन्।






























प्रतिक्रिया