काठमाडौं । बैंकर गोविन्द घिमिरे एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हाल उनले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिरहेका छन् ।
बैंकका हालका सीईओ सुनिल श्रेष्ठको कार्यकाल यही फागुनमा सकिँदैछ । चैतबाट सीईओको जिम्मेवारी घिमिरेले सम्हाल्नेछन् ।
घिमिरे झण्डै तीन दशकदेखि बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । एनएमबी बैंकमा आबद्ध रही उनले विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् । उनी एनएमबी बैंकमा ११ असोज २०७९ देखि डीसीईओका रुपमा कार्यरत छन् ।































प्रतिक्रिया