यातायात ब्यवसायीकै अगाडि गृहमन्त्रीको ‘सिण्डिकेट उद्घोष’ ( भिडियो सहित )

यातायात ब्यवसायीकै अगाडि गृहमन्त्रीको ‘सिण्डिकेट उद्घोष’ ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गृहमन्त्री रामबहादुर थापाले व्यवसायीक हित र सम्वृद्धिका लागि सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने काम गरेको बताउनु भएको छ ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई शनिबार राजधानीमा सम्बोधन गदैं मन्त्री थापाले केही व्यक्तिमा मात्रै सिमिति रहेको यातायात व्यवसायलाई सबैको पहुँचमा पुर्याउने काम सरकारले गरेको बताउनु भएको हो । यातायात क्षेत्रमा आउने सबैको हितका लागि सिण्डीकेट तोडिनु अत्यावश्यक रहेको भन्दै उहाँले सिण्डिकेटको अन्त्य संगै यातायात व्यवसाय व्यवसायीक रुपमा अघि बढेको बताउनुभयो ।

गृहमन्त्री थापाले लामो समय देखि केही व्यक्तिले यातायात व्यवसायमा एकाधिकार कायम गरि एकलौटी रुपमा शोषण गर्दै आफु मात्रै सम्वृद्ध हुने गरेको र त्यस्तो पद्धतिलाई नितिनिर्माता र प्रशासकले पनि संरक्षण गर्दै आएकाले यातायात क्षेत्र व्यवसायीक बन्न नसकेको दाबी गर्नुभयो । लामो समय देखिको सिमित व्यक्तिको एकाधिकारबाट बाहिर ल्याउने काम भएकाले तत्काल केही कानुनी बाधा देखिएपनि सरकारले सबै जटिलताहरुको अन्त्य गर्दै लैजाने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिका अध्यक्ष होम प्रसाद अधिकारीले यातायात क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले यातायात कार्यालयका कर्मचारीहरु दिनहुँ अख्तियारको नियन्त्रणमा पर्ने गरेबाट नै त्यहाँ भित्रको आर्थिक अनियमिततालाई प्रष्ट पारेको उल्लेख गर्नुभयो । उहाँले यातायात कार्यालयका कर्मचारीहरुबाट व्यवसायीहरु पनि मर्कामा परेको दाबी गर्नुभयो । अध्यक्ष अधिकारीले यातायात क्षेत्रमा ९८ प्रतिशत निजि क्षेत्रको योगदान रहे पनि भ्रष्टाचार गर्न नपाउने भएका कारण नितिनिर्माण तहमा निजी क्षेत्रलाई सहभागी नगराईएको दाबी गर्नुभयो ।

सरकारले मुलुकभरका सबै वस व्यवसायी समितिलाई खारेज गरि कम्पनी र प्रालिमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ । कम्पनी र प्रालिमा दर्ता हुनका लागि कानुनी जटिलता भएको भन्दै व्यवसायीले सरकारी निर्णयको विरोध गर्दे आएका छन् । हेरौं यो भिडियोमा :

 

 

Logo