ईपीएलः बिराटनगरको रोमाञ्चक जित, ललितपुर प्याट्रियर्स ३ विकेटले पराजित

ईपीएलः बिराटनगरको रोमाञ्चक जित, ललितपुर प्याट्रियर्स ३ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिराटनगर बारियर्सले एभरेष्ट प्रिमियर लिगको उद्घाटन जितेको छ । करण केसीको उत्कृष्ट ब्याटिङसँगै बिराटनगर बारियर्सले उद्घाटन खेल जितेको हो ।

एभरेष्ट प्रिमियर लिगमा बिराटनगरले ललितपुर प्याट्रियर्समाथि रोमाञ्चक जित हात पारेको हो । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा बिराटनगरले ३ विकेटको जित निकालेको हो ।

एक सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले एक बल बाँकि हुदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसले स्कोरबोर्डमा १९ रन बनाउदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । ओपनर अनिलकुमार शाह ११ रनमा आउट भए । त्यसपछि ३२ रन बनाउदा बिराटनगरले दोस्रो विकेट खेर फाल्यो । उसका कप्तान पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । जसका कारण विराटनगरले ३१ रनमा दुई विकेट गुमायो ।

लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । दक्षिण अफ्रिकी खेलाडी रे भान खाता खोल्न नपाउदै रनआउट भए । एकपछि अर्को विकेट गुमाएको विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त बन्यो । ५० रन बनाउदा ६ विकेट खेर फालेको विराटनगरले ७३ रन जोड्दा ७ विकेट गुमायो ।

पुछारका खेलाडी करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए । उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजीत ३६ रन बनाए । बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

Skip This
Skip This
Logo