कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कपिलवस्तुमा एक जनालाई कालोमोसो दलेको छ । वाणगंगा नगरपालिका ३ कर्महनाका युवराज भुषाललाई विप्लव कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।
मुद्दा मिलाउने बहानामा जनतासँग मोटो रकम उठाउने, महिलाहरुसँग अनैतिक सम्बन्ध राख्ने, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा जनसरकारले भुषालमाथि जनकारवाही भन्दै कालोमोसो दलेको हो ।
भुषाललाई सो पार्टीले जनताहरुलाई अनावश्यक रुपमा झुठ्ठा मुद्दा लगाई दुःख दिने काम गरेको आरोप लगाएको छ । महिलाहरूलाई विभिन्न प्रलोभन र बाध्यतामा पारी अनैतिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको, स्थानीय एक महिलाको श्रीमानलाई अनावश्यक झुठ्ठो मुद्दा लगाई भारत पस्न बाध्य पारेको लगायतका आरोप नेकपाले लगाएको छ ।
विप्लप पार्टीले विभिन्न व्यक्ति, सरकारी अधिकारी लगायतमाथि कालोमोसो दल्दै आएको छ । जनकारवाही नाम दिएर विप्लव कार्यकर्ताहरुले कालोमोसो दल्दै आएका हुन् ।































प्रतिक्रिया