जब विद्यासुन्दर शाक्य र रघुबीर महासेठ झाडु लिएर सडकमा उत्रिए

जब विद्यासुन्दर शाक्य र रघुबीर महासेठ झाडु लिएर सडकमा उत्रिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले काठमाडौंलाई धुलोमुक्त बनाउन आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंलाई धुँवा धुलोमुक्त गराउन निरन्तर काम गरिरहनु पर्ने आवश्यकता देखिएको बताउँदैं मन्दै मन्त्री महासेठले भने, ‘भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुन्छ । भित्री सडक महानगरले बनाउनु पर्‍यो बाहिरी सडक बनाउन मैले सडक विभागलाई भनिसकेको छु ।’

मन्त्री महासेठले, काठमाडौं महानगरपालिकाले अघि बढाएको सहरी सौन्दर्यता प्रवर्धन सघाउ कार्यक्रमअन्तर्गत आजको कार्यक्रममा यस्तो बताएका हुन् । मौसम प्रतिकुलताले कलंकी नागढुङ्गा सडक निर्माण भइ नसकेकोले धुँवा धुलो नियन्त्रणमा समस्या देखिएको मन्त्री महासेठको भनाई छ ।

सफाइ कार्यक्रममा सहभागी महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन निर्माण कार्यको अव्यवस्था महानगरको अर्को समस्या रहेको बताए । ‘ढुवानीकर्ताले बालुवा र रोडा सडकमा खसाल्दै ल्याउँछन् । सडक किनारामा खसालेर लामो समय राखिरहन्छन् । ठेकेदारले काम सकेपछि पनि बाँकी भएको सामाग्री तह लगाउँदैनन् । न त यसमा घरधनीले दायित्व बोध गरेका छन् । काठमाडौलाई धुँवाधुलो मुक्त गराउन, सबैले आफ्नो ठाउँबाट दायित्व बोध गर्नुपर्‍यो’ मेयर शाक्यको भनाई छ ।

आजको सफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन रत्नपार्कबाट लाजिम्पाट, महाराजगञ्ज हुँदै बाँसबारी बुढानिलकण्ठ नगरपालिकाको सिमानासम्मको रुटका दुवैतर्फबाट शुरु गरिएको थियो । यस क्रममा रत्नपार्कतर्फको टोली लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्जतर्फ बढेको थियो भने बुढानिलकण्ठतर्फको टोली महाराजगञ्जतर्फ आएको थियो ।

यस क्रममा सडक पेटीमा रहेका र्‍याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए ।

आजको सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।

Skip This
Skip This
Logo