दाङमा एक महिलाले जन्माइन् ३ शिशु

दाङमा एक महिलाले जन्माइन् ३ शिशु

केन्द्रबिन्दु
0
Shares

दाङकी एक महिलाले एकैपटक तीन बच्चालाई जन्म दिएकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कोठरी निवासी गौमती बुढाले नेपालगञ्ज मेडिकल कलेजमा तीन बच्चाको जन्म दिएकी हुन् ।

जन्मिएका बच्चाहरुमा  पहिलो सन्तानको रुपमा एउटा छोरा र दुईवटी छोरीको जन्म दिएकी हुन् । अहिले आमा र तीनवटै बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको छ। तीनवटै बच्चाको तौल २ दशमलब ५ किलोभन्दा बढी रहेको छ ।

स्वास्थ्य राम्रो रहेकाले उनीहरुलाई घर पठाइएको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जानकारी दिए ।

 

 

 

फोटो: सांकेतिक

Skip This
Skip This
Logo