‘द बिगेस्ट’ ईपीएलको पहिलो खेलमा पारस vs ज्ञानेन्द्र

‘द बिगेस्ट’ ईपीएलको पहिलो खेलमा पारस vs ज्ञानेन्द्र

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ ।  ‘द बिगेस्ट’ नारा रहेको इपीएलको तेस्रो संस्करणमा नेपालका ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन्।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज दिउँसो हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानको टिमबीच हुने उद्घाटन खेल अपरान्ह १ बजे सुरु हुनेछ ।

यो प्रतियोगितालाई घरेलु क्रिकेटको सबै भन्दा ठूलो फ्रेन्चाईज प्रतियोगिताका रुपमा लिइन्छ । प्रतियोगितामा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन्।

यस पटकको प्रतियोगितामा विदेशी खेलाडी, विदेशी  कमेन्टेटर र अन्तर्राष्ट्रिय स्तरको चियरलिडर रहेका छन् ।

Logo