ए डिभिजन लिग: आजदेखि सातौँ चरणका खेल सुरु

ए डिभिजन लिग: आजदेखि सातौँ चरणका खेल सुरु

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु सुरु हुने भएको छ।

पहिलो खेल अन्तर्गत नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । यो खेल  एपीएफको मैदान हलचोकमा हुनेछ।

हिमालयन शेर्पा ६ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोर्दै १० अङ्कका साथ अङ्कतालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि त्यही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ ।

दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने छ । दोस्रो खेलमा प्रतियोगितामा एनआरटीले अहिलेसम्म एउटा पनि खेल जितेको छैन । सङ्कटाले अहिलेसम्म ६ खेलमा पाँच खेलमा जित निकालेको थियो ।

Logo