आफैं सहभागी भएको सरकार पनि फोरमलाई हर्ष न विस्मात् !

आफैं सहभागी भएको सरकार पनि फोरमलाई हर्ष न विस्मात् !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि ‘हर्ष न विस्मात्’ भएको छ । आफैं सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न विस्मात् भएको जनाएको हो ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् । यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र राई सहरी विकास मन्त्री छन् ।

संविधान संशोधनको सर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ । शनिबार (आज) देखि काठमाडौंमा सुरु हुने फोरम नेपालको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल हुने एजेन्डा छ ।

फोरम नेपालका उपमहासचिव एवं प्रचार विभागका प्रमुख प्रकाश अधिकारीले सरकारको कामबाट फोरम नेपाल पूर्ण रूपमा सन्तुष्ट नभएको बताए । केही उपलब्धि भएको र थप उपलब्धिका लागि फोरमले संघर्ष जारी नै राख्ने उनले बताए ।

‘सरकारबाट पूर्ण रूपमा हामी सन्तुष्ट छैनौं । संविधान संशोधनसहितका विगतका सहमति कार्यान्वयन भएको छैन,’ प्रवक्ता अधिकारीले भने, ‘तर सरकारले केही राम्रो गरेको र अझै राम्रो गर्ने प्रयास गरिरहेकाले विगतका सहमति कार्यान्वयनका लागि हामी आफ्नो संघर्ष जारी नै राख्छौं ।’

यो सरकारले पूर्ण रूपमा राम्रो नगरे पनि राम्रो गर्ने प्रयासमा रहेको बताउँदै उनले विभिन्न कामका साथै कानुन निर्माण लगायतका कार्य सरकारले गरिरहेको बताए । सरकारले मुलुकी ऐन, महिला अधिकार लगायतका क्षेत्रमा राम्रो गरेको भए पनि विगतको सहमति कार्यान्वयन गर्न नसकेको उनले बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo