प्रचण्डद्वारा सरकारको बचाउ

प्रचण्डद्वारा सरकारको बचाउ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारको बचाउ गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नौ महिने कार्यकालमा ‘धेरै ठूलो’ र ‘ऐतिहासिक महत्व’को कार्य सम्पादन गरेको भन्दै सरकारको बचाउ गरेका हुन् ।

उनले अब सरकार नागरिकको चासो र चिन्तालाई सम्बोधन गर्नेतर्फ केन्द्रीय रहेको दाबी समेत गरे ।  उनले भारतसँगको डुबान समस्या समाधान गर्नु, चीनसँग पारबहन सम्झौंता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै देशसँग समझदारी गरेर अघि बढ्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले चुनावमा गरिएको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे ।

Logo