नयाँ शक्ति पार्टी नेपालले वाइड बडी विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन माग गर्दै प्रदर्शन गरेको छ ।
पार्टीले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय सुन्धाराअगाडि शुक्रबार प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘लाउडा, धमिजा वाइड बडी, कति गर्छौ गडबडी ?ʼ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
यसैबीच विमान खरिदमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरू गरेको छ।
२४२ टन अधिकतम उडान भारमा विमान खरिद गर्ने भनिएकोमा २३० टन उडान भारमा झार्दा मूल्य नघटेको र निगमलाई ३ अर्ब रुपैयाँ घाटा भएको भनिएको छ।































प्रतिक्रिया