काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो । लिम्बुको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै गोली चलाएपछि जवाफी स्वरुप प्रहरीले गोली चलाएको दाबी गरेको छ। उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको छ। उनी यसअघि ६ वर्ष जेल बसेर छुटेका थिए।
उनीमाथि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया