विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन -प्राधिकरण

विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन -प्राधिकरण

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिन अघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्ष अघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्ट पारेको हाे । 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले सन् २०२१ सेप्टेम्बर/अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतह भन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत वितरण लाइन चालू रहेको बताए ।  

उक्त समयदेखि लाइन चालू रहेको र काठमाडौं उपत्यकाका खानेपानी (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे । खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन । 

‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गरी काम भइरहेको छ,’ उनले भने ।

Logo