प्रदेश नम्बर ३ सरकार विद्युतीय बस चलाउने तयारीमा : यसवर्ष ३० करोड विनियोजन

प्रदेश नम्बर ३ सरकार विद्युतीय बस चलाउने तयारीमा : यसवर्ष ३० करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

प्रदेश नम्बर ३ सरकारले काठमाडौं उपत्यका लगायत प्रदेशभित्रका अन्य जिल्लाहरु र छिमेकी प्रदेश छुने गरी विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको बताएको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले साझा यातायात सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

‘प्रदेश सरकारको पेट्रोल गाडी विस्थापित गर्ने नीति अनुसार साझासँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय भएको छ’, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले भने, ‘विद्युतीय बस सञ्चालनको लागि बजेट समेत बिनियोजन भइसकेकाले आवश्यक काम तत्कालै अघि बढ्छ ।’

पेट्रोलियम पदार्थबाट चल्ने बसको तुलनामा विद्युुतीय बस महंगो भएकाले यस वर्ष १५ देखि २५ वटासम्म बस खरिद गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए । लामो रुटमा चल्ने बसहरुका लागि चार्जिङ स्टेशन राखिने बताउँदै जमरकट्टेलले काठमाडौं उपत्यकामा प्रदेश सरकारको उपस्थिति जनाउनका लागि पनि विद्युतीय बस सञ्चालन गर्न लागेको बताए ।

‘प्रदेश राजधानी हेटौंडासँग जोडिने गरी प्रदेशका अन्य जिल्ला र छिमेकी प्रदेशहरुलाई छुने गरी विद्युतीय बस सञ्चालन हुन्छ’, उनले भनेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा २०८५ सालसम्म काठमाडौं उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने उल्लेख छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo