अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानविन गर्न नेपाली कांग्रेसले माग गरेको छ। शेर्पा माथि ‘मानव तस्करी’ को आरोप भन्दै सत्य तथ्य छानविन गर्न सरकारलाई आग्रह गरेको हो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राजदूत शेर्पाकै सहयोगीले बिषय उठान गरेकाले शंकास्पद भएको बताएका चाहन। ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले शेर्पामाथि तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपालीसरकारको ध्यानाकर्षण गराएको छ । शेर्पामाथि उनकै सवारी चालक ओङ्छु शेर्पाले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएको हो ।





























प्रतिक्रिया