शिक्षकहरुको २१ गतेको आन्दोलन स्थगित, सरकारले माग पूरा गर्ने

शिक्षकहरुको २१ गतेको आन्दोलन स्थगित, सरकारले माग पूरा गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासंघले मंसिर २१ गतेका लागि घोषणा गरेको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो ।

मंसिर १४ गते पनि महासंघले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गरार्इ काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मंसिर २९ गते शनिबार पूर्ति गरिने महासङ्घले जनाएको छ ।

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङ्घले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो ।

महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ । रासस

Skip This
Skip This
Logo