काभ्रेमा पुनर्निर्माणको काम एकदमै सुस्त : २७ प्रतिशत पीडितले मात्र घर बनाए

काभ्रेमा पुनर्निर्माणको काम एकदमै सुस्त : २७ प्रतिशत पीडितले मात्र घर बनाए

केन्द्रबिन्दु
0
Shares

काभ्रे
भुकम्प गएको साढे तीन वर्ष पुग्न लाग्दा हालसम्म काभ्रेमा अपेक्षा अनुरुप पुनःनिर्माणको कामले गति लिन सकेको छैन । जसका कारण जिल्लाका आधा भन्दा बढी भुकम्पपीडित यसपटकको हिउँद पनि टहरामै बस्न बाँध्य छन् ।

भुकम्प गएको ४१ महिना बित्न लाग्दा नीजि आवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम लिएका भुकम्प पीडितहरुमध्ये हालसम्म २७ दशमलव ३४ प्रतिशत भुकम्प पिडितले मात्रै आफ्नो नीजि आवास पुनःनिर्माणको काम सम्पन्न गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वन इकाइ काभ्रेका अनुसार पहिलो किस्ता रकम लिएका ६८ हजार ७ सय ७३ भुकम्पपिडितहरु मध्ये असोज मसान्तसम्म १८ हजार ८ सय ४ भुकम्प पिडितले नीजि आवास पुनः निर्माण सम्पन्न गरि तेस्रो किस्ताको रकम लगेका छन् । ईकाइका अनुसार १७ हजार ३ सय ७१ भुकम्प पिडितले सरकारबाट र १ हजार ४ सय ३३ लाभग्राहीले गैह्र सरकारी संस्थाले उपलब्ध गराएको तेस्रो किस्ताको रकम लिएका हुन् ।

सरकारले ५ वर्ष भित्र भुकम्पबाट क्षति पुगेका सम्पूर्ण संरचनाहरुको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि यहि अनुपातमा नीजि आवास पुनःनिर्माण हुने हो भने सरकारको लक्ष्य असफल हुने देखिएको छ । ईकाइले पहिलो किस्ता रकम लिएका भुकम्प पिडितहरुमध्ये ६५ दशमलव ८ प्रतिशत भुकम्प पिडितले दोस्रो किस्ताको रकम लिईसकेका छन् । हालसम्म ४४ हजार ७ सय ५७ भुकम्पपिडितले घर निर्माणका लागि भन्दै दोस्रो किस्ता वापतसम्मको रकम लगेका छन् । जसमा ४२ हजार ६ सय २० ले सरकारी निकायबाट र २ हजार १ सय ३७ लाभग्राहीले गैह्र सरकारी संस्थाले उपलब्ध गराएको रकम लिएका हुन् । जिल्लामा भुकम्पपछि ९० हजार ४ सय ९७ घर परिवारमा सर्वेक्षण गरिए पनि त्यसबाट ८२ हजार ८ सय ३३ भुकम्प पिडित मात्रै लाभग्राहीको सूचिमा समावेश भएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo