ट्रिप टर्बो प्ले स्टोरमा १ लाख पटक डाउनलोडः ल्यायो विशेष अफर र गिभअवे

ट्रिप टर्बो प्ले स्टोरमा १ लाख पटक डाउनलोडः ल्यायो विशेष अफर र गिभअवे

केन्द्रबिन्दु
15
Shares

ललितपुर । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ (सेप्टेम्बर १, २०२४) मा आधिकारिक रुपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो ।

यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप, ट्रिप टर्बोले “ट्रिप टर्बो १००के अफर” क्याम्पेन सुरु गरेको छ जसमा भाग्यशाली विजेताहरुले निम्न रोमाञ्चक गिभअवेहरू जित्न सक्नेछन्-

●दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडानहरू
●एक भाग्यशाली ग्राहकका लागि पोखरामा रु. ११,००० बराबरको हट एयर बेलुन राइड
●उप्स नेपाल, नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टरबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक रु. ५,००० को)
●आन्तरिक उडान र विभिन्न एड्भेन्चर एक्टिभिटीहरूमा रु. १,००,००० भन्दा बढी बराबरको छुट र प्रोमो कोड

“१ लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने, “हामी केवल उत्कृष्ट डिल, विशेष छुट, र रोमाञ्चक एड्भेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाइ उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौं ।”

अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५ – मार्च ३१) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर-

1.नियमित प्रयोगकर्ताहरूका लागि: २०,००० टीटी क्वाइन्स (ट्रिप टर्बोको लोयल्टी पोइन्टस) प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा रु. ५०० छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ। यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ ।

2.पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागि: प्रोमो कोड फर्स्ट १०० के ( FIRST100K) प्रयोग गरी पहिलो उडान बुकिङमा रु. २०० छुट प्राप्त गर्न सकिन्छ ।

3.सबै प्रयोगकर्ताहरूका लागि: अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड एप१००के (APP100K) प्रयोग गरी रु. १५० छुट पाउन सकिन्छ ।

4.बस टिकट छुट: पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड टर्बाेबस (TURBOBUS) प्रयोग गरी पहिलो बस टिकटमा रु. ५० छुट पाउन सक्नेछन् ।

ट्रिप टर्बोले रोमाञ्चक एक्टिभिटीहरूमा विशेष छुट पनि ल्याएको छ: ५० प‍्रतिशत वा रु. ६,००० सम्मको छुट पाउन सक्नेछन्, साथै प्रोमो कोड प्रयोग गरी थप बचत गर्न सक्नेछन् । प्याराग्लाइडिङ, बन्जी, स्काइ साइकलिङ, क्यानोनिङ, स्विङ, हट एयर बेलुन, र एटिभी (क्वाड बाइक) टूरमा रु. १,४५० सम्मको छुट पाइनेछ । यो छुट हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को शावर बन्जी, हट एयर बेलुन (पोखरा), द क्लिफ (कुश्मा, पर्वत) को बन्जी, द बन्जी नेपाल (पोखरा) को बन्जी, हाईग्राउन्ड एड्भेन्चर्स (पोखरा) को एटीभी (क्वाड बाइक) टुर, र एडभान्स प्याराग्लाइडिङ (पोखरा) को प्याराग्लाइडिङमा उपलब्ध छ ।

Skip This
Skip This
Logo