काठमाडौं । ब्राजिलियन फुटबलर नेयमार पुनः घाइते भएका छन् । सान्तोषका लागि खेलिरहेका नेयमारको मांशपेशीमा चोट लागेको हो ।
उनी घाइते भएपछि यो महिना हुने विश्वकप छनोट खेलका लागि नेयमारको स्थानमा रियल मड्रिडका युवा फरवार्ड एन्ड्रिकलाई ब्राजिलको राष्ट्रिय टोलीमा समावेश गरिएको छ ।
सन् २०२३ को अक्टोबरमा उरुग्वेविरुद्धको खेलमा घुँडामा चोट लागे यता नेयमारले राष्ट्रिय टोलीबाट कुनै खेल खेलेका छैनन् । १७ महिनापछि उनलाई पुनः टोलीमा समावेश गरिएको थियो । यद्यपि, ३३ वर्षीय खेलाडी पुनः चोटग्रस्त बनेपछि उनले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल गुमाउने भएका हुन् ।































प्रतिक्रिया