श्रीमान छुटाईदिने भन्दै १० लाख ठगी, होटलमा लगेर बलात्कार गर्ने राजपा नेता पक्राउ

श्रीमान छुटाईदिने भन्दै १० लाख ठगी, होटलमा लगेर बलात्कार गर्ने राजपा नेता पक्राउ

केन्द्रबिन्दु
0
Shares

सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गरेका छन् । राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहताले सप्तरीकी एक महिलासँग श्रीमानलाई जेलबाट छुटाईदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठग्नुका साथै बलात्कार पनि गरेका हुन् ।

ठगी तथा बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका ५ लोखरमका मेहतालाई पक्राउ गरेको छ । उनले ति महिलालाई लजमा लगी बलात्कार गरेका थिए । मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी परेपछि पक्राउ गरिएको सप्तरीका डीएसपी भावेश रिमालले जानकारी दिए ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक-पटक गरी करिब साढे दश लाख रुपैयाँ ठगी गरेका थिए ।

पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन्। त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक-पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन दश लाख रकम माग गरेका थिए।

पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेट्न जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए । लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर सुरुमा कुटपिट गरी बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन्।जेलमा परेका श्रीमान छुट्ने आशामा उनले नन्द, माइती र अन्य मानिससँग ऋणकर्जा लिएर मेहतालाई पैसा दिएको प्रहरीसमक्ष बताएकी छन्।

Skip This
Skip This
Logo