ए डिभिजन लिग: आजबाट छैटौँ चरणका खेलहरु

ए डिभिजन लिग: आजबाट छैटौँ चरणका खेलहरु

केन्द्रबिन्दु
0
Shares

पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि छैटौँ चरणका खेलहरु हुने भएका छन्। आज हुने दुई खेल मध्ये एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र एनआरटी भिड्दै छन्।

एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ ।

त्यस्तै साढे २ बजे दोस्रो खेल संकटा र नेपाल पुलिसबीच हुनेछ। १२ अंकका साथ् संकटा चौथो तथा १० अंक रहेको पुलिस पाँचौ स्थानमा छ। संकटा विजयी भए शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गर्नेछ। यस्तै पुलिसले खेल जिते अर्को विभागीय टोली त्रिभुवन आर्मीसमान १३ अंक जोड्नेछ।

 

Logo