अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका छन् ।

निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट रु एक लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

Skip This
Skip This
Logo