सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मधेसका पृथकतावादी नेता सिके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

राउतलाई राज्यविरुद्ध संगठित कसुर आरोपमा गत असोजमा पक्राउ गरी थुनामा राखिएको थियो । सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठको सोमबारको संयुक्त इजलासले थुनामुक्त गर्न इन्कार गरेको हो ।

राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएर वयान लिन सर्वोच्चले सोमबार आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘राउतविरुद्ध रौतहट जिल्लामा दर्ता भई विचाराधीन रहेको राज्यविरुद्धको सङ्गठित कसुर अपराधको मुद्दामा बयानका लागि उपस्थित गराउनु ।’ सर्वोच्च अदालतले राउतलाई थप बयानका लागि रौतहट नै पठाएको छ ।

Logo