प्रधानमन्त्रीमाथि बाबुरामको लगातार ७ प्रहार

प्रधानमन्त्रीमाथि बाबुरामको लगातार ७ प्रहार

केन्द्रबिन्दु
0
Shares

सरकारले एकपछि अर्को गलत कदम चाल्न थालेपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको  आलोचना तिब्ररुपमा भैरहेको छ। कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन चासो देखाउनुको सट्टा घटना दबाउन खोजिएको भन्दै चर्को बिरोध भैरहेको हो ।  सरकारको पछिल्लो विविध कदमहरु प्रतिपक्षी र बिरोधीहरुलाई  मसला नै बन्न थालेका छन्।

यसै क्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केही  दिनदेखि प्रधानमन्त्री ओलीको काम कारबाहीमाथि निरन्तर  टिप्पणी गर्दै आएका छन्।

नेता भट्टराईले सोमबार ट्वीट गर्दै निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्न आग्रह गरेका छन्। ओलीले ईश्वरका छोरीबाट आशिर्वाद थाप्नु र पोलपोलमा आफ्नै फोटो टाँस्नुको सट्टा जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्न उनले आग्रह गरेका छन्।  त्यसका लागि उनले सजिलो उपाय पनि सुझावका रुपमा दिएका छन्। उनले प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै गर्न नपर्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् त ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’

यसअघि उनले एसिया प्यासिफिक सम्मेलन र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गरेका थिए । राष्ट्रिय जनमोर्चाका नेता चित्र ब केसीको उखान सापटी लिंदै नेता भट्टराईले करोडको पुरस्कार पाउनकै लागि सरकारले सम्मेलनलाई ठूलो महत्व दिएको भनेर टिप्पणी गरेका थिए।  सम्मेलनमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरसहित सम्मान गरिएको थियो।

उनले ट्वीट गर्दै भनेका छन्, ‘पुराना कमरेड चित्र ब केसीको उखान सापटी लिएर भन्दा– बिरालोलाई खास्टोले छोपे पनि आखिर म्याऊ गरिहाल्छ रे ! यस्तो सरकारी तामझामसहित एउटा धार्मिक एनजिओको कार्यक्रम गरेको त प्रमलाई असल नेतृत्व र सुशासन निम्ति करोड रु. भन्दा बढीको पुरस्कार दिन पो रहेछ ! ईश्वरका दूत भन्नेले भनेपछि मान्नै परो ।’

त्यसअघि नेता भट्टराईले निर्मलालाई न्याय माग्दै टासिएको फोटो प्रहरीले च्यातेको प्रसङ्गमा ट्वीट गर्दै सरकारको बिरोध गरेका थिए। उनले लोकतन्त्रमा प्रहरीले पोष्टर च्यात्दा विदेशीको अगाडि देशको शान बढ्ला कि जनताले शान्तिपूर्ण ढंगले सरकारको विरोध गरेको देख्दा ? भनेर सोधेका थिए।

‘लोकतन्त्रमा प्रहरीले पोष्टर च्यात्दा विदेशीको अगाडि देशको शान बढ्ला कि जनताले शान्तिपूर्ण ढंगले सरकारको विरोध गरेको देख्दा ?जनताले पोष्टर टाँसेको देख्दा देशको लोकतान्त्रिक छवी बन्ला प्रहरीले च्यातेको देख्दा तानाशाही छवी बन्ला हैन र?Eternal vigilence is d price of libertyजो भनिन्छ!’ उनले लेखेका थिए ।

त्यस्तै मङ्सिर १५ गते ट्वीट गर्दै उनले एसिया प्यासिफिक सम्मेलनको भन्दा पनि कार्यक्रमको  सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा आफ्नो आपत्ति भएको भन्दै ट्वीट गरेका थिए। उनले  घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन!यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ? भन्दै टिप्पणी गरेका थिए।

‘आपत्ति कुनै कार्यक्रम आयोजना भएकोमा हैन;घोर आपत्ति कुनै धार्मिक एनजीओको सहआयोजक राज्यका अंगहरू भएको र राज्यकोष खर्चेकोमा हो।कसैको कार्यक्रममा अतिथि बन्नु वा घरमा भेट्नआएका पाहुनालाई भेट्नु र आयोजक नै बन्नु एउटै हैन!यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने झैं भएन र ?’ उनको ट्वीटमा उल्लेख छ।

त्यस्तै गत १४ गतेको उनको ट्वीट्मा पनि सरकारको चर्को आलोचना गरिएको थियो ।  उनले सरकार आफ्नै छाँयादेखि डराएको भन्दै सरकारले पोलहरुमा पोष्टर टास्न पाउने तर जनताले किन टास्न नपाउने भनेर टिप्पणी गरेका छन्।  ‘सरकार किन यसरी विक्षिप्त बन्दैछ?आफ्नै छायाँदेखि किन डराउँदैछ?सरकारले पोलहरूमा पोष्टर टाँस्नपाउने तर जनताले नपाउने भनेर संविधान/कानून/नियममा कहाँ लेखिएको छ?विधिको शासन भनेको कानूनको नजरमा सबै समान भनेको हैन?सरकारले विधि मिच्ने भनेको निरंकुशता/फासिवाद हैन?भीरबट लड्ने गाईलाई रामराम!’ उनको ट्वीटमा उल्लेख छ।

 

१४ गते नै गरिएको उनको अर्को ट्वीटमा ‘विवादित अन्तर्राष्ट्रिय सम्मेलनको नाउँमा सत्ताका आसेपासेहरूले राम्रै कमाइ गरेकों भनेर टिप्पणी गरेका थिए ।  ‘‘कम्युनिज्म’+धर्म+राष्ट्रवादको ककटेल=क्रोनी क्यापिटालिज्म(आसेपासे पुँजीवाद)! विवादित अन्तर्राष्ट्रिय सम्मेलनको नाउँमा सत्ताका आसेपासेहरूले राम्रै कमाइ गरेछन् जनताले पेट काटेर तिरेको राजस्वले! काठमाण्डौकै मुटुमा यस्तो लूट छ भने अन्त के होला?’हे भगवन मलाई मेरा कमाउरेडहरूबाट बचाऊ.!’’ उनले लेखेका छन्।

त्यस्तै १३ गते पनि सम्मेलन सम्बन्धि नै ट्वीट गर्दै बिरोध गरेका थिए ।  ‘त्यसै त विश्व रंगमंचमा गुम्दैगएको नेपालको छवी ‘राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्याउने भए!आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न!२दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है!’ उनले लेखेका थिए ।

सरकारले यो सम्मेलनका लागि सह आयोजकको भूमिका निभाउन तयारी थालेको थियो।  चौतर्फी बिरोध हुन् थालेपछि  सह आयोजकको भूमिकाबाट सरकार पछि हटेको थियो ।  त्यसपछि पनि सरकारले राजधानी काठमाडौँको सवारी ब्यबस्थापनका लागि जोर बिजोर प्रणाली लागु गरेको थियो।  यसको पनि चौतर्फी बिरोध र अबज्ञा हुन् थालेपछि भोलिपल्टै फिर्ता लिइएको थियो।  यो सम्मेलनका लागि सरकारले ५६ लाख रुपैया सहयोग गरेको थियो।

यस अघि सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका लागि गरेको प्रचारबाजीको पनि चर्को आलोचना भएको थियो।  सरकारले ठूलो तामझामका साथ् योजना सार्वजनिक गर्न प्रधानमन्त्री ओलीको फोटोसहितको पोस्टरले काठमाडौँका पोल, पुलदेखि पत्रिकासम्म सजाएको थियो।

सरकारको यो कदमको बिरोधमा स्वतन्त्र युवाहरुको समुहले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै भोलिपल्टै काठमाडौँका पोलहरुमा पोस्टर टासेका थिए।  ‘निर्मलाका निम्ति न्याय’ अभियानले टासेको यी पोस्टरहरु प्रहरीले नै च्यात्न थालेपछि सरकारको थप आलोचना भैरहेको छ।

Skip This
Skip This
Logo