फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन -अध्यक्ष प्रचण्ड

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
72
Shares

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तस्विर जलाउँदैमा पक्राउ गर्नु उचित नभएको बताएका छन् ।

शनिवार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको जिल्ला अधिवेशनमा सदस्य सचिव निराजन बम पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा आगो लगाएका थिए । तर, उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यसपछि प्रचण्डको यो भनाई आएको हो ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

Skip This
Skip This
Logo