काठमाडौं । नेकपा एमालेका नेता मोतीलाल दुगडका कम्पनीहरुले कर नतिरेको पाइएको छ ।
दुगडको एसिया केमिकल कम्पनी प्रालि विराटनगर १४, एसियन केम प्रालि विराटनगर १७ र विराटनगर २ मा रहेको ह्यारिसन प्यालेस प्रालिले कर नतिरेपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको हो ।
एसियन केमिकल कम्पनीको आयकर नतिरेको, ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको बताइएको छ ।
विराटनगरका उद्योगी दुगड प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वआर्थिक विशेष सल्लाहकार पनि हुन् ।
































प्रतिक्रिया