काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत एट्लेटिको म्याड्रिडमाथि सहज जित दर्ता गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसकै मैदानमा ४-२ गोल अन्तरले स्तब्ध पारेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यामलले एक एक गोल गरे । एट्लेटिकोका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए ।
२-० ले पछि परेको अवस्थामा बार्सिलोनाले सानदार पुनरागमन जित निकालेको हो । दोस्रो हाफमा पाँच गोल भएको थियो ।
यो जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । एट्लेटिको म्याड्रिड २८ खेलमा ५६ अंकसहित तेस्रो स्थानमा छ ।





























प्रतिक्रिया