कुमारी बैंकको लाभांश घोषणा

कुमारी बैंकको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफा समेतको रकमबाट १२.७५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको हो। बैंकले १२.७५ प्रतिशतले हुन् आउने ९१ करोड ३२ लाख ८९ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताब नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।  हाल बैंकको चुक्ता पुंजी ७ अर्ब १६  करोड ३० लाख रहेको । प्रस्तावित बोनसपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।

Skip This
Skip This
Logo