पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन : निर्मला हत्या प्रकरण

पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन : निर्मला हत्या प्रकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाई बर्खास्त गरेको थियो ।

यो निर्णयविरुद्ध विष्ट र भट्टले मन्त्रिपरिषदमा निवेदन बुझाउँदै पुनर्वहालीको माग गरेका हुन् । मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ । उनीहरुले मन्त्रिपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने बताउँदै आएका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo