ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग

ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीमाथि एमाले सांसद रघुजी पन्तबाट भएको मानहानीसम्बन्धी धारणा संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद दीपक सिंहले शाहीलाई तिमी र मिस्टर भन्ने एमाले सांसद पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘हिजो संसद्‌मा राजतन्त्रको झुटो इतिहास सुनाएर ज्ञानेन्द्र शाहीलाई अपशब्द बोलेर मानहानी गरिएको छ । उहाँले गठबन्धन र लठबन्दनभन्दा दोब्बर मत पाएर जित्नुभएको हो,’ सांसद सिंहले भने, ‘सांसद मर्यादाहीन तरिकाले पेश हुनु गम्भीर विषय हो, संसद्को रेकर्डबाट ती शब्द हटाएर जिम्मेवार बन्न आग्रह गर्छु ।’

Skip This
Skip This
Logo