माओवादी केन्द्र सरकारमा जाँदैन, प्रचार गलत हो -अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र सरकारमा जाँदैन, प्रचार गलत हो -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नलिएको प्रष्ट पारे ।

सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरु नियन्त्रण गर्ने पक्षमा रहेकाले बिमति भएको भन्दै सरकरसँग कुनै मिलन विन्दु नरहेको बताएका हुन् ।

उनले भने, ‘आजभोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् । त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन् । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौ ।’

त्यस्तै, अध्यक्ष प्रचण्डले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन भन्ने गलत मान्यता रहेको बताए । चुनाव नलडेर पनि अध्ययन मेहेनत गरेर विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि रहेको उनको भनाई छ ।

उनले भने,‘मन्त्रीमण्डल बनाउँदा सांसदहरुबाटै बनाउने प्रणालीले सांसद बन्न अत्याधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौंको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने र भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणालीभित्र नै रोग छ । यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमा नै सुधार गर्न जरुरी छ । नेपालमा चुनाव लडेर जित्ने मात्रै प्रतिभा, सक्षम र नेता हुन्छन भन्ने मान्यता नै गलत छ । चुनाव नलडेर अध्ययन मेहेनत गर्ने विज्ञता हासिल गर्नेहरु नेताभन्दा धेरै माथि हुन्छन् ।’

त्यस्तै अध्यक्ष प्रचण्डले जबसम्म पूर्ण समानुपनातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लाकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने बताए ।

Skip This
Skip This
Logo