नेपाल प्रहरीको ३१औं आईजीपी बने दीपक थापा

नेपाल प्रहरीको ३१औं आईजीपी बने दीपक थापा

केन्द्रबिन्दु
114
Shares

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट विदा भएपछि थापालाई नियुक्त गरिएको हो ।

हाल उनी केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) प्रमुख छन् । थापासँगै प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदीप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा थिए । एआईजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका कारण एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका थापा नै आईजीपी बनेका हुन् ।

थापा, गिरी र तामाङ २०५२ भदौ १९ गते एकैदिन सेवामा प्रवेश गर्नुका साथै तीनै जना एकै ब्याचमा भर्ना भएका थिए ।

Skip This
Skip This
Logo