करोडौं रकमसहित समाातिएका कुसान सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए

करोडौं रकमसहित समाातिएका कुसान सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए

केन्द्रबिन्दु
366
Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका -१ का कुसाङ सुन तस्करीमा २०७३ सालमा पक्राउ परेर पाँच वर्ष जेल जिवन बिताई ७८ मा छुटेका थिए । त्यसबेला उनी ७ किलो सुन सहित पक्राउ परेका थिए। त्यसपछि उनी फेरि सुन तस्करीमा नै सक्रिय रहेको खुलेको छ।

उनी गएराति करोडौं रकमसहित पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति उनलाई पक्राउ गरेको हो । ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले बताए ।

Logo