हेटौंडालाई फूलैफूलको शहर बनाइँदै

हेटौंडालाई फूलैफूलको शहर बनाइँदै

केन्द्रबिन्दु
15
Shares

हेटौंडा । सुन्दर हरित नगरको पहिचान बोकेको हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ ।

बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फूलैफूलको शहरको रुपमा कामलाई अघि बढाएको थियो । बजार क्षेत्रमा रहेका मुख्य सडकक्षेत्रमा बिभिन्न प्रजातीका फूलकाे बिरुवा रोप्दै फूलैफूलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ ।

चालु आर्थिक बर्षको बजेटबाट काम हुनेगरी हेटौंडा उपमहानगरपालिकाले पुर्वपश्चिम राजमार्गको हेटोैंडा–१० सडक छेउमा रहेको नेपाल ट्रष्ट इकाई कार्यालय हेटौंडाको कान्ति इश्वरी घरको पर्खालमा चित्रकलाकोे काम थालेको हो । ठेक्का मार्फत उपमहानगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यको पहिचान गर्न हेटौंडा आउने बाह्य क्षेत्रका मानिसले सहजै पहिचान गर्न सकुन भन्ने उद्देश्यले चित्रलाई पर्खालमा उर्तार्ने काम गरीएको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।

उनले भनिन्, ‘उपमहानगरले निरन्तर सञ्चालन गरेको ‘सफा हेटौंडा अभियान’ अन्तरगत हामिले नगरको सौन्दर्यतालाई अघि बढाई रहेका छौं ।’

बजारलाई सफा र सुन्दर राख्ने, उज्यालो शहर बनाउने लाईटिङ्कको व्यवस्था गर्दै अघि बढिरहेको सन्दर्भमा अहिले बजार क्षेत्रमा रहेका खाली पर्खाललाई रंगरोगन गर्दै नगरका पहिचानलाई चित्र मार्फत देखिाउने कामको थालनि गरीएको नगर प्रमुख लामाले बताइन् ।

उनका अनुसार कामले निरन्तरता पाउने र अहिले पहिलो चरणमा काम थाले पनि नगरका खाली रहेका पर्खालहरुमा नगरको सस्कृती र पहिचान झल्कने गरी चित्र निर्माण गर्दै अघि बढिने बताइन् । विकास निर्माण भनेको पुर्वाधारतर्फ मात्र ध्यान नदिइ नगरको सौन्दर्यतामा ध्यान दिँदै कार्यक्रमहरुलाई अघि बढाइने नगर प्रमुख लामाले बताइन् ।

उपमहानगरले पहिलो चरणमा ट्रष्टको खाली रहेको १७ सय स्क्वायर क्षेत्रमा हेटौंडाको पर्यटकीय तथा धार्मिक गन्तव्यको पहिचान दिलाउने बिभिन्न प्रकारका १५ वटा चित्र पेन्ट गर्ने कामलाई अघि बढाएको छ । उपमहानगरको खरिद समितिमार्फत नगरका बिभिन्न वडामा रहेका गन्तव्यलाई चित्र मार्फत पर्खालमा उतार्नका लागि ४ लाख ६८ हजार ३५३ रुपियाँ बजेटमा कामलाई अघि बढाएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सोमबार राजमार्गक्षेत्रको खालि पर्खालमा भैरहेको कामको नगर प्रमुख लामाले अवलोकन गर्दै सुधारका लागि केही काम गर्न जरुरी रहेको भन्दै सचेत गराएकी थिइन् । अहिले काम भैरहेको ठाउँमा केही थप ठाउँ खाली रहने पर्खालहरुमा पनि विस्तारै रंगरोगन सहित चित्रकलाको कामलाई निन्तरता दिने बताइएको छ ।

यसअघि उपमहानगरको शौन्दर्यतामा थप निखारता ल्यानका लागि नगरका अघिकाशं सडक किनारामा बृक्षारोपण, खाली रहेका जमिनहरुमा पार्कको निर्माण, मुख्य बजार क्षेत्र सहित अन्य वडाहरुमा लाईटको व्यवस्थापन, सडक किनारामा रहेको कर्बस्टोनमा पेन्टिङका काम गरीरहेको नगर प्रमुख लामाले बताइन् ।

Skip This
Skip This
Logo