शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार शेयर बजार १४‍.१८ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको हो ।

यस दिन ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार हुँदा ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । ५३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।

Skip This
Skip This
Logo