नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक जना सुत्केरी महिलालाई जग्गा किनिदिएका छन्। प्रबक्ता शर्माले झापा मेचीनगरका देवी मेचेलाई घर बनाउन मेचीनगर-९ मा ७ धुर जग्गा किनिदिएका हुन्।
दोस्रो पटक सुत्केरी भएको सात दिनमा उनका श्रीमानको मृत्यु भएको थियो। दस वर्षअघि करेन्टले उनले दाहिने हात गुमाएकी थिइन्।शर्माले जग्गामा घर, आवश्यक फर्निचर, वार्षिक खर्च, देवीका छोरीहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाँच लाख रुपैयाँको कोष खडा गरेर त्यसबाट आउने ब्याजले मेचे परिवारको वार्षिक खर्च धानिदिने योजना छ। मेचे परिवार कोठा भाडामा लिएर बसेका छन्। तर उनीहरुले भाडा तिर्न सकेका छैनन् ।
धुलाबारीको एक घरमा घरेलु कामदारका रूपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लागेर दाहिने हात गुमाएकी थिइन्।





























प्रतिक्रिया