अमेरिकी प्रधानन्यायाधीश महाभियोगको मागबारे ट्रम्पको कडा आलोचना

अमेरिकी प्रधानन्यायाधीश महाभियोगको मागबारे ट्रम्पको कडा आलोचना

केन्द्रबिन्दु
153
Shares

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गरेका छन् ।

रोबर्टसद्वारा जारी गरिएको एक संक्षिप्त वक्तव्य उनले भनेका छन्, “दुई शताब्दीभन्दा बढी समयदेखि यो मान्यता स्थापित भएको छ कि महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया होइन।”

“यसका लागि सामान्य पुनरावलोकन प्रक्रियाको व्यवस्था गरिएको छ ।”

ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई ‘असाधारण’ रूपमा आलोचना गरेका हुन् ।

ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यहरूलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ। यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको यो पहिलो घटना हो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मेडियामा भन्नुभएको छ, “दुःखको कुरा बाराक हुसेन ओबामाले, कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गर्नुभयो ।”

पोस्टमा उनले भनेका छन्, “धेरै कुटिल न्यायाधीशहरू जस्तै यी न्यायाधीश अगाडि उपस्थित हुन म बाध्य छु। महाभियोग !! हुनुपर्छ।”

त्यसको केही घण्टापछि टेक्सासका रिपब्लिकन सांसद ब्रान्डन गिलले सामाजिक सञ्जाल एक्समा बोसबर्गविरुद्ध सदनमा महाभियोगका लेखहरू प्रस्तुत गरेको घोषणा गरेकी छन् ।

रोबर्टसको दुर्लभ भनाइपछि राष्ट्रपति ट्रम्पले अर्को पोस्टमा भनेका छन्, “यदि कुनै राष्ट्रपतिलाई हत्यारा र अन्य अपराधीहरूलाई देशबाट बाहिर फ्याँक्ने अधिकार हुँदैन भने हाम्रो देश धेरै ठूलो सङ्कटमा पुग्नेछ र असफल हुनेछ।”

“‘कट्टरपन्थी वामपन्थी’ न्यायाधीश राष्ट्रपतिको भूमिका सम्हाल्न चाहन्छन्,” उनले थपे ।

अमेरिकी सङ्घीय न्यायाधीशहरू सधैँ राष्ट्रपतिद्वारा मनोनीत हुन्छन् र ‘उच्च अपराध वा दुराचार’ को लागि प्रतिनिधि सभाद्वारा महाभियोग लगाई र सिनेटद्वारा दोषी ठहर गरेर मात्र हटाउन सकिन्छ। सङ्घीय न्यायाधीशहरूको महाभियोग अत्यन्त दुर्लभ छ र पछिल्लो पटक सन् २०१० मा अमेरिकी कङ्ग्रेसले एक न्यायाधीशलाई हटाएको थियो।

Logo