१०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

१०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

केन्द्रबिन्दु
189
Shares

रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

Logo