काठमाडौं । नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ । उनको नयाँ गिती संग्रह ‘नवमी’ मा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
शब्दमा नरेश देव पन्त सघाएको गीतमा सङ्गीत सुगम आफैंले भरेका छन् ।
दिनेश थापा काजीले इलामका रमणीय ठाउँमा खिचेको भिडियोमा सुगम लगायत यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्सांग राई फिचर्ड छन् । उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।































प्रतिक्रिया