संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ -उपसभामुख रानामगर

संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ -उपसभामुख रानामगर

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले सङ्घीयताले शक्तिको बाँडफाँड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन् ।

शनिवार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाँडफाँड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यान दिनुपर्ने बताएकी हुन् ।

‘शक्तिको बाँडफाँड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ । तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौं । सङ्घीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौं । प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौं भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन् ।

Skip This
Skip This
Logo