काठमाडौं । मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेका श्रृंखला खतिवडालाई भोट गर्ने समयावधि थपिएको छ ।
यस अघि २८ नोभेम्वरसम्मका लागि मात्रै समय तोकिएकोमा अब ३० नोभेम्बर अर्थात शुक्रवारसम्म समय थपिएको हो । मिस वर्ल्डको अफिसियल फेसबुक पेजमार्फत ‘हेड टु हेड च्यालेन्ज’ को पहिलो राउण्डको भोटिङको लागि समय दुई दिन थपिएको हो ।
बुधबारसम्म ३६ प्रतिशत रहेको उनको भोटिङ आज घटेर ३५ प्रतिशतमा झरेको छ । यद्यपि उनी अझै पनि पहिलो स्थानमै यथावत छन् । मिस वर्ल्ड २०१८ को ताज पहिरिने बलियो सम्भावना बोकेकी श्रृंखलाले यस अवधिमा सर्वाधिक भोट पाई मल्टिमिडिया अर्वाड जितेमा टप ३० मा पुग्ने छिन् ।
फ्रान्स र जापानका सुन्दरीहरु यस अघि नै टप मोडल कम्पिटिसन र मिस ट्यालेन्ट अर्वाड जितेर टप ३० मा पुगिसकेका छन् । हेड टु हेड च्यालेन्ज दुई भागमा विभाजन गरिएको छ । पहिलो भिडियो प्रिजेन्टेसन र दोस्रो निर्णायकले सोध्ने प्रश्नको आधारमा छानिने छन् ।
हेड टु हेड च्यालेन्जको नतिजा पपुलर भोटको आधारमा तय गरिने बताइएको छ । मल्टिमिडिया अर्वाडसँगै ब्यूटी विथ प्रपोज, हेड टु हेड च्यालेन्ज कुनैमा पहिलो भइन् भने उनी टप ३० मा पुग्ने छिन् । हेड टु हेड च्यालेन्जको दोस्रो राउण्डमा २० जना प्रतिस्पर्धीबाट १० जना मात्र छानिने छन् र छानिएका १० सुन्दरीहरु मिस वल्र्डको टप ३० मा प्रवेश गर्नेछन् ।
श्रृंखलालाई भोट गर्ने तरिका भिडियोमा हेर्न सकिन्छ ।
यो पनि
श्रृंखलालाई मिस वर्ल्डमा भोट गर्ने तरिका ( भिडियोसहित)





























प्रतिक्रिया