काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरु, कमैयाका मुक्तिहरु र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।
शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौंदेखि आगनमा टेक्न दिइँँदैन, एउटा मान्छेलाई देवता छुन दिइँदैन, पधेँरोको पानी निकालेर पिउन दिइँदैन त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैंले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरु, कमैया मुक्ति चाहन्छु । सदियौंदेखि आगनमा टेक्न, देवता छुन र पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यो वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिँदोरहेछ ।’
साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए । उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौं । यात्रामा हातेमालो गर्न चाहन्छौं । मान्छेले धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन ।’































प्रतिक्रिया